Logo
८ बैशाख २०८१, शनिबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय बिमा कम्पनीले गर्यो सिइओ पदका लागि दरखास्त आह्वान

राष्ट्रिय बिमा कम्पनीले सिइओ पदका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा आज दरखास्त आह्वान भएको छ ।

आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।यसअघि राष्ट्रिय बिमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अर्याललाई सिइओ नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अर्याललाई फिर्ता बोलाइएको हो ।

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्