Logo
२३ आश्विन २०८१, बुधबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीबीच विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको जिम्मेवारी रहेको बताएका छन् ।

नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन् ।

‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ,’ उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’ मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे । उनले भने, ‘हामी हरेक समस्याको समाधान संविधानमार्फत निकाल्न चाहन्छौँ ।’

लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेकोमा उनले एमाले र यसको नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै हिजोका दिनमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको बताए ।

देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

 

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्