Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ भने : ‘ओलीजीको पालोमा हाम्रा माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद, अब पालो देउवाको’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले महाधिवेशनको सफलताको लागि शुभकामना दिएका छन् ।
साथै ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

चितवनको नारायणी किनारमा सुरू भएको एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदैं ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिएका हुन् ।

उनले आफ्ना केही कैदी साथीहरु रिया भएको र संविधान सम्शोधन भएको बताएका छन् यद्यपी अझै पूर्णरुपमा नभएको अझै आफ्नो माग पूरा गर्नको लागि बतर्मान प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह समेत गरेका छन् ।

ठाकुरले भने ‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्न चाहन्छु’ ।

 

 

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्