Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यालयले खुलायो प्रहरी जवान र इन्स्पेक्टरमा भर्ना

प्रहरी प्रधान कार्यालयले  प्रहरी जवान र इन्स्पेक्टरमा भर्ना  खुलाएको छ । कार्यालयले प्रहरीमा एक हजार नौ सय ७१ जना प्रहरी जवानको लागि आवेदन खुला गरेको छ । साथै कार्यालयले एक सय ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग गर्दै आवेदन खुला गरेको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा सूचना निकालेर प्रहरीले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरी आवेदन खुला गरेको हो ।

प्रहरी प्रधान कार्यालयले इच्छुकहरूलाई आवेदन दिन अनुरोध गरेको छ ।प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला र समावेशी प्रावधानअनुसार पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको छ ।फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन पाइन्छ ।

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्