Logo
२८ आश्विन २०८१, सोमबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेको १०औं महाधिवेशन आजदेखि शुरु हुँदै, ओलीले मध्यान्ह १२ बजे उद्घाटन गर्ने

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।अध्यक्षओली हिजै महाधिवेशनका लागिचितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगेका छन् ।

महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु पनि हिजो नै चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताएका छन् । उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभन्न ठाउँ सहित ७ स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम रहेको पनि भट्टराइले जानकारी दिए ।

महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकिझकाउ बनाइएको छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
महाधिवेशनमा दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र मनोनित १०६ जना गरी दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहने छन् ।

एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहने छन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

आज बेलुका मात्रै प्रतिनिधिलाई परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ । बन्द सत्र भने पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुनेछ । त्यहाँ रहँदा प्रतिनिधिहरुलाई बेलुका आफू बसेको होटलमा र बिहान सोही होटल सेभेन स्टारमै खानाको व्यववस्था गरिएको छ ।

चितवन जिल्ला प्रशासनले आजका लागि नो भेकल मुभमेन्ट भने पनि सर्वसाधारणलाई सवारी साधन प्रयोगमा रोक नलगाउने भट्टराइको भनाई छ । मालवाहक सवारी बाहेक अन्य सवै सवारी यथावत चल्ने उनको भनाइ छ ।

स्थानीय प्रशासनले भने विहान १० बजेदेखि साँझ ५ बजेसम्म सवारी साधन नचलाईदिन आग्रह गरेको छ । महाधिवेशनको बन्दसत्रको समाचार संकलन गर्ने पत्रकारहरुलाई सौराहकै रोयल सफारीमा मिडिया सेन्टरको स्थापना गरिएको छ । महाधिवेशनले २२५ सदस्यीय नेकपा एमालेको नयाँ कमिटी समेत गठन गर्नेछ ।

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्