Logo
७ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशविरुद्ध नेपाल बारले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गरी आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको आरोपमा अब बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।

बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारले जनाएको छ । नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी, साथीहरूले संयुक्त रूपमा मार्चपासमा गर्ने बताइएको छ ।

जनताको तर्फबाट सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च गर्ने प्रस्ताव आइरहेको बारले जनाएको छ ।

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्