Logo
७ बैशाख २०८१, शुक्रबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ मिनेटमै चार्ज हुने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ आउँदै, यस्ता छन् विशेषता!

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले हाल इलेक्ट्रिक एसयूभी कोना बिक्री गरिरहेको छ ।अब कम्पनीले नयाँ कार आयोनिक ५ बिक्री गर्ने तयारी गरिरहको छ ।

नेपालमा समेत आउने तयारीमा रहेको सो कार भारतमा पनि लन्च हुन बाँकी छ । तर हालै इन्टरनेटमा यस सम्बन्धीे एक भिडियो चर्चामा रहेको छ । भारतको गुरुग्राममा हुन्डाईको नयाँ मुख्यालयको उद्घाटन समारोहमा अल-इलेक्ट्रिक आयोनिक ५ प्रदर्शन गरिएको थियो ।

सो इलेक्ट्रिक ग्लोबल मोड्युलर आर्किटेक्चर नामक मेड-फर-ईभी प्लेटफर्ममा बनाइएको हो । हुन्डाई आयोनिक ५ मा ५८ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुईवटा ब्याट्री प्याक समावेश गरिएको छ । दुबै ब्याट्रीसँगै रियर-ह्वील ड्राइभ वा अल-ह्वील ड्राइभ सेटअप उपलब्ध छ ।

यसको ठूलो ब्याट्री प्याकले ४८१ किलोमिटरको डब्ल्युएलटीपी रेन्ज प्रदान गर्छ, जबकि अन्य ब्याट्री प्याकले ३८५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।

आयोनिक ५ मा ८०० भोल्ट सुपर-फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ । फास्ट चार्जरको माध्यमले १८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै ५ मिनेटको चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

हुन्डाई आयोनिक ५ भविष्यको इलेक्ट्रिक क्रसओभर एसयूभी हो । यसको एक्सटेरियर डिजाइन पोनीबाट प्रेरित भएको देखिन्छ । यसको फ्रन्टमा हाई एलईडी हेडलाइट र क्वाड डीआरएल दिइएको छ ।

रियरमा स्क्वायर आकारको एलईडी रियर लाइट र एक इन्टिग्रेटिड स्पोइलर समावेश गरिएको छ ।कारको क्याबिनमा १२.२५ इन्चको डिस्प्ले छ जसमा एक इन्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट टचस्क्रिन समावेश गरिएको छ ।

यसको साथै हुन्डाई बोस साउन्ड सिस्टम, डुअल जोन क्लाइमेट कन्ट्रोल, ह्यान्डस फ्रि टेलगेट, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग र लेवल २ अटोनोमस फिचर पनि प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनासाथ नेपाली बजारमा पनि यो इलेक्ट्रिक कार ल्याउने तयारीका साथ कार्य भइरहेको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । सम्भवतः डिसेम्बरको अन्त्य सम्ममा यो नेपाली बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्