Logo
६ बैशाख २०८१, बिहीबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति शर्मा र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ वन क्यापेलर वसवाल्डबीच आज भेटवार्ता भएको छ ।

बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्