Logo
१३ बैशाख २०८१, बिहीबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गते बस्ने

प्रदेश २मा प्रदेशसभाको आठौं अधिवेशन आगामी मंसिर २९ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाका सचिव रञ्जित यादवले मंसिर २९ गते बिहान ११ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।

यसअघि प्रदेशसभाको सातौं अधिवेशनमा तीनवटा बैठक मात्र बसेको थियो । आठौं अधिवेशनमा भने प्रदेशको नाम र राजधानी तय गर्ने सरकारको तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्