एमसीसी छलफल गरी राष्ट्रिय सहमतीबाटै पारित हुन्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छलफल गरी राष्ट्रिय सहमतीबाटै पारित गर्ने बताएका छन् ।
साथै दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान न्यायालयबाट नभए आफूहरुले कदम चाल्ने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै दाहालले एमसीसीको विषयमा वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायतसंग छलफल गरी राष्ट्रिय सहमतीबाटै पारित गर्ने बताएका हुन् ।
त्यस्तै प्रण्डले अहिले पाँच दलले न्यायालयको समस्या उनीहरुले नै मिलाउन भनेर छाडिदिएको भन्दै त्यसो हुन नसके आवश्यक कदम चाल्ने बताए ।
भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि दाहाल कैलाली पुगेका हुन् ।