Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस बैतडीको जिल्ला सभापतिमा चतुरबहादुर चन्द विजयी

नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । आज बिहान सार्वजनिक मत परिणाम अनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् ।

उनले ८०९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । यस्तै उपसभापतिमा बीरबहादुर बिष्टले ६५८ मत प्राप्त गरेर जीत हासिल गरेका छन् ।

अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय भएका छन् । बैतडीमा १ हजार ४ सय २ जना प्रतिनिधि मध्ये १ हजार ३ सय ४८ मत खसेको थियो । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अध्यक्ष चतुर बहादुर चन्द नेपाली कांग्रेस पार्टीको राजनीतिज्ञ पनि हुन् ।

 

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्