Logo
१३ बैशाख २०८१, बिहीबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज ३५१ जनामा कोरोना पुष्टि,९ संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणको दर घट्दो देखिएको छ भने मृत्युदरमा सामान्य बृद्धि देखिएको छ । आज देशभरमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ३५१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्