Logo
१३ बैशाख २०८१, बिहीबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका र निकको सम्बन्धविच्छेदको हल्ला किन चल्यो ?

अभिनेत्री पछिल्लो समयमा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको सम्वन्धविच्छेदको विषयमा छापिएका समाचारहरुले चर्चा पाएका छन् ।

प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलेको हो । उक्त विषयलाई लिएर उनीहरु सम्बन्धविच्छेद त गर्दै छैनन्? भन्ने विषयमा चर्चा भइरहेको छ । यसैबीच, निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन् ।

उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन् । जसमा उनले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मरिसकेँ ।’ उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको बताइएको छ ।

यसै प्रसंगलाई जोडेर प्रियंकाकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरिन् ।एजेन्सी

 

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्