Logo
७ बैशाख २०८१, शुक्रबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा अध्यक्षको निधनमा बुटवल उपमहानगरमा आज बिदा

वडा अध्यक्षको निधनमा बुटवल उप-महानगरपालिकाले आज शोक बिदा दिएको छ ।उपमहानगरको वडा नम्बर ३ का अध्यक्ष लालप्रसाद बस्यालको निधनमा मंगलबार एक दिन बिदा दिइएको हो ।

बस्यालको सोमबार आफ्नै घरमा लडेर निधन भएको थियो ।उपमहानगरपालिकाले जारी गरेको सूचनामा सबै वडाहरूमा अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिने उल्लेख गरिएको छ ।

बस्याल एमालेबाट वडामा निर्वाचित भएका थिए । सोमबार आफ्नै घरको शौचालयमा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

७३ वर्षिय बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा समेत राखिएको थियो ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्