Logo
११ बैशाख २०८१, मंगलबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द गर्ने लोक सेवा आयोगको निर्णय

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।

नेपाल स्वास्थ्य सेवा मनयिावली, २०५६ बमोजिम उक्त पदहरुमा सम्भाव्य उम्मेदवार हुन तोकिएको न्यूनतम योग्यता समेत नपुगेकोदेखिएकाले आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्