Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्यनको जमानतविरुद्ध एनसीबी सर्वोच्च अदालत जाने तयारी

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले आर्यन खानविरुद्ध प्रमाण नपुगेको फैसला गरेसँगै नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतविरुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ ।

यदी एनसीबी सर्वोच्च अदालत गयो भने आर्यन खानको क्रुज ड्रग्स केसमा मुश्किल बढ्न सक्ने देखिएको छ ।एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने पनि आदेशमा उल्लेख छ ।

तर, अभियुक्तहरूलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्नका लागि यस बयानको प्रयोग गर्न नसकिने पनि अदालतले जारी आदेशमा उल्लेख रहेको थियो ।

एनसीबी अधिकारीका अनुसार बम्बे हाइकोर्टको जमानत आदेशको अनुसन्धानपछि कानूनी परमार्श लिइँदैछ । आर्यनले ड्रग्स मामिलामा बम्बे हाई कोर्टबाट जमानत पाएका थिए ।

 

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्