Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब काठमाडौंदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुचारु हुने

अब काठमाडौंदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुचारु हुने भएको छ  ।

कोरोना माहामारीका कारण २०७६ साल चैतबाट रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको हो ।

लकडाउनका कारण बन्द भएका उडान अब दुवै देशको अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन् ।

भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्