Logo
१५ चैत्र २०८०, बिहीबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई सन्तानको आमा बनेपछि फिल्ममा फेरि कमब्याक गर्दै प्रीति जिन्टा !

पछिल्लो समयमा फिल्मक्षेत्रबाट केही टाढिएकी बलिउड अभिनेत्री प्रिती जिन्टा फेरि बलिउड फिल्ममा कमब्याक गर्दैछिन् । अभिनेत्री जिन्टा फिल्म निर्माता दानिश रेन्जुको फिल्मबाट बलिउडमा कमब्याक गर्न लागेको एक रिपोर्टले जानकारी दिएको छ ।

उनले अभिनय गर्न लागेको फिल्मको नाम भने अझै फाइनल भएको छैन । यो फिल्मको कथा कश्मीरमा आधारित छ । एक रिपोर्टका अनुसार फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भइसकेको छैन तर फिल्मको प्रि–प्रोडक्सन र कास्टिङको काम सुरु भएको छ ।

फिल्मको छायांकन सन् २०२२ मा सुरु हुनेछ ।प्रीति जिन्टा कश्मीरमा सेट गरिएको ‘वीर जारा’ र ‘मिशन कश्मीर’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । अ

बको फिल्म पनि उनले त्यहीँ सुटिङ गर्ने प्रीतिको नजिकको स्रोतले बताएको छ, “प्रीति थप प्रोजेक्टमा काम गर्न तयार छिन्। उहाँसँग पहिले नै २-३ फिल्म पाइपलाइनमा थिए र अब उनी थप प्रोजेक्टहरू साइन गर्न तयार छिन्।“ यसअघि प्रीति २०१८ मा फिल्म ‘भैयाजी सुपरहिट’ मा भएकी थिइन् ।

गएको बिहीबार मात्रै प्रीति सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्