Logo
१३ बैशाख २०८१, बिहीबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का नवनियुक्त एकीकृत समाजवादीका दुई मन्त्रीले लिए शपथ

प्रदेश नं २ मा नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

जनकपुरधामस्थित मधेश भवनमा आइतबार बिहान आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।

 

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्