Logo
२६ आश्विन २०८१, शनिबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्वन्द्वकालमा भएका गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन सक्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताएका छन् ।

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताएका हुन् ।

आफू सरकारमा रहँदा द्वन्द्व पीडितलाई न्याय दिलाउन इमान्दार प्रयत्न गरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस र माओवादीप्रति इंगित गर्दै ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न पक्षहरुको अनिच्छा र परस्पर विरोधी अडानका कारण चाहेर पनि धेरै विषय सम्बोधन गर्न नसकिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्