Logo
१७ मंसिर २०७८, शुक्रबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामदेवको टेलिभिजन उद्घाटनमा पुगे प्रधानमन्त्रिसहित पार्टीका शिर्ष नेताहरु {फोटोफिचर}

बाबा रामदेवको टेलिभिजन उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित पार्टीका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । शुक्रबार पतञ्जली योगपीठले टीभीको शुभारम्भ गरेको छ ।

मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी भएका थिए ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका थिए भने भारतका केन्द्रीय मन्त्री नितिन गड्करी, बाबा रामदेव र आचार्य बालृकष्णको तस्बिरसहितको ब्यानर थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादव, काँग्रेस उपसभापति विमलेन्द्र निधि, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा। नारायण खड्का, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत सहभागी भए ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरी भर्चुअल माध्यमबाट सहभागी भएका थिए । उनी भ्रमणमा आउने भनिएपनि रोकिएको थियो ।

प्रकाशित मिति: Nov 19, 2021

प्रतिक्रिया दिनुहोस्