आन्दोलनको नयाँ कार्यक्रम तय गर्न नेपाल बारले बोलायो सल्लाहकारसहित बैठक
नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरूसहितको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने बताए ।
उनका अनुसार अब आन्दोलन उच्च अदालत स्तरमा पनि विस्तार हुने र नागरिक समाजसहित अन्य पेसागत संगठनहरू समेत आन्दोलनमा जोडिनेछन् ।