Logo
१३ बैशाख २०८१, बिहीबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य !

एमएडब्लु इन्टरप्राइजेजले यामाहा मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ ।कम्पनीले एफजेड २५ मा सबैभन्दा बढी १२ हजार रुपैयाँले बृद्धि गरेको छ भने स्कुटरमा २ हजारका दरले बृद्धि गरेको हो ।

यसअघि ४ लाख ६२ हजार ९ सय रुपैँयामा कारोबार हुँदै आएको यो मोटरसाइकलको नयाँ मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकोे छ ।

केही समयअघिमात्र सार्बजनिक गरिएको नयाँ मोडल एमटी १५ बिएस६ र आर१५ भी३ बिएस६ मा भने १० हजार रुपैयाँका दरले मूल्य बृद्धि गरिएको छ ।

यसअघि यी बाइकको मूल्य क्रमश ४ लाख ४९ हजार ९ सय र ४ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकोमा नयाँ मूल्य क्रमशः ४ लाख ५९ हजार ९ सय र ५ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको हो ।

एमटी १५ ह्वाइट कलरको मूल्य ४ लाख ५९ हजार ९ सय बाट बढाएर ४ लाख ६९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।त्यसैगरी एफजेड एफआईको २ लाख ९५ हजार ९ सयबाट बाढाएर २ लाख ९९ हजार ९ सय रुपैयाँ र एफजेडएस एफआई भी३ को ३ लाख ४४ हजार ९ सयबाट बढाएर ३ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यी बाइकमा क्रमशः ४ र ५ हजारका दरले मूल्य बढाइएको हो ।१५० सिसी सेग्मेन्टमा सस्तो बाइकका रुपमा परिचित एसजेड आरआरको मूल्य २ लाख ५३ हजार ९ सयबाट बढाएर २ लाख ५९ हजार ९ सय निर्धारण गरिएको छ ।

स्कुटरतर्फ भने रे-जेडआर मोडलमा जम्मा २ हजार रुपैयाँले मूल्य बृद्धि भएको छ । यसअघि २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको रे-जेडआर स्ट्रिट -यालीको मूल्य २ लाख ७५ हजार ९ सय तोकिएको छ भने २ लाख ६३ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै आएको रे–जेडआर डिस्कको २ लाख ६५ हजार ९ सय र ड्रमको २ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।नेपाल अटो 

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्