Logo
१२ बैशाख २०८१, बुधबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले यौन आनन्द प्राप्त गर्ने यस्ता छन् ५ चरण थाह पाइराख्नुस् !

 यौन मानिसको अतिआवश्यक चिज हो । मानिस तथा सजिव प्राणीको खाना जस्तै यौन पनि अतिआवश्यक चिज हुने गर्छ तर हाम्रो समाजको नितीनियम कानून, धर्म सस्कृति अनुसार मानिसले आफ्नो मनमा नै दवाउनु पर्ने बाध्यता रहेको छ ।

यद्यपि मानिसहरुले भित्रभित्रै लुकिछिपि आफ्नो यौन आनन्द लिने गर्दछन् । पश्चिमी सस्कृतिमा यौनलाई खासै नराम्रो मान्दैन त्यहा मानिसहरुले खुला आफ्नो कुरा भन्न सक्छ र उसले आफ्नो आवश्यकता पुरा गर्न सक्छ तर पूर्वी सस्कृतिमा यौनलाई नराम्रो मान्ने गर्छ अझै पनि त्यसकारण अझैपनि मानिसले खुला भन्न सक्दैन ।

तर यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ ।

अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । कजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन ।

सम्भोगको अर्थ नै दुवैले समान रूपमा भोग्नु वा यौनको आनन्द पाउनु हो । यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।

चाहना
यौन आनन्दको पहिलो चरण हो, चाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ ।

यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् । यौनाकर्षण व्यक्तिपिच्छे फरकफरक हुन्छन् ।

कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । कसैकसैको गर्धन र कतिपयको ओठमा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले मानिसमा यौन चाहना बढाउने गर्छ ।

उत्तेजना
यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

धारणा
यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउ अनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ ।

महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उचालिएकोे, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

चरम आनन्द
यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् ।

शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ ।

चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक उच्च हुन्छ । सहवासको अन्तिम अवस्था भनेको समापन हो ।

यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रियजस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष तुलनात्मक धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तम्तयार हुन सक्छन् । तर महिलाको यौनांग त्यति चाँडै तयार हुन सक्दैन । डा. खेम कार्की, हेल्थ टुडे नेपाल डटकमबाट

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्