Logo
२७ आश्विन २०८१, आईतबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्ने बताएका छन् ।

बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयको उद्घाटनका क्रममा बोल्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्ने धारणा राखे ।

पाँच दलको गठबन्धनको बैठकले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको बताउँदै उनले प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानको पहल गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले पछिल्लो समय एमालेमा उत्पन्न भएको विवादले आफूहरू एमालेबाट छुट्टिएर एकिकृत समाजवादीमा आउनुपरेको बताए ।

नेकपा एमालेमा कम्युनिष्ट पन र विचार हराउँदै गएको बताउँदै उनले कम्युनिस्ट सिद्धान्त बोक्ने सबै नेकपा समाजवादीमा गोलवद्ध हुन आग्रह गरे ।

नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए ।आफूले स्थापना गरेको नेकपा एमालेको पहिलो पार्टी कार्यालय पनि कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै नेपालले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै भएको बताए ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्