Logo
२६ आश्विन २०८१, शनिबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप, बारका अध्यक्षसहित १२ घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ कानुन व्यवसायी घाइते भएका छन् ।

सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।

प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए ।

उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

यसैबीच सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

कानून व्यवसायीहरुले कुँवरलाई माफी मागेर आफूहरुलाई साथ दिन प्रदर्शनस्थलबाटै आह्वान गरे ।

 

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्