Logo
२८ आश्विन २०८१, सोमबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको अभिलाषा पूरा गर्दै देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्छ : कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको अभिलाषा तथा अक्षांश पूरा गर्ने एक कांग्रेस पार्टी मात्र भएको बताएका छन् । साथै कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गरेका छन् ।

सुनसरीको कोसी गाउँपालिका-१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले जनताको अभिलाषा तथा अक्षांश पूरा गर्ने एक मात्र पार्टी कांग्रेस मात्र भएको बताएका हुन् ।

जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी काँग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरे ।

कांग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिए । उनले कांग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गरे ।

कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी काँग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्व सभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो ।

कार्यक्रम क्षेत्री सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्