Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा काम गरेको सभामुख श्रेष्ठको दाबी

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताएका छन् । प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले पक्षपातरहित काम गरेको दाबी गरे ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जनपत्र मिडियाले अयोजना गरेको कार्यक्रममा श्रेष्ठले प्रदेशसभाले नागरिकको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको उल्लेख गरे ।

उनले प्रदेशसभाबाट हालसम्म ६२ वटा ऐन पारित तथा संशोधित भएको जानकारी दिए । ‘प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन्’, उनले भने ।

उनले संसद् सञ्चालनका क्रममा विगतमा केही कमजोरी भएको भए पनि कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा भर्चुअल विधिमार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधव पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकारले प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्