Logo
७ बैशाख २०८१, शुक्रबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘घुँइचो’ मा मुख्य भुमिकामा अभिनेत्री एलिजा गौतम देखिदैँ

अभिनेत्री एलिजा गौतमले नयाँ फिल्म‘घुँइचो’मा मुख्य भुमिकामा अभिनय गर्ने भएकी छिन् ।

गौतमले नयाँ फिल्म‘घुँइचो’मा काम गर्न आज हस्ताक्षर गरेकी छिन् । आर.जे म्युजिक एण्ड मिडियाको ब्यानरमा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुँइचो’मा एलिजाले मुख्य भुमिकामा अभिनय गर्ने भएकी हुन् ।

अभिनेत्री एलिजा र निर्माता दैलेखीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।फिल्ममा दुर्गम गाउँदेखिका युवाको अमेरिकासम्मको यात्राको कथा रहेको निर्माण पक्षले जनाएको छ ।

निर्माता दैलेखीले अभिनेत्री गौतमसँग सम्झौता भएपनि अन्य बाँकी कलाकारहरु भने चाडैनै फाइनल गर्ने बताए । लामो समय क्यानडाको बसाईपछि नेपाल आएकी नायिका एलिजाले आफु लामो समयदेखि यस्तै कथाको प्रतिक्षामा रहेको भन्दै कथा मन परेको हुनाले आफु घुँइचोमा काम गर्न तयार रहेको जानकारी दिइन् ।

एलिजाको यो दोस्रो फिल्म हो । उनले पहिलो पटक ‘अनुराग’ फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्