उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
प्रदेश नं १ स्थित उदयपुर जिल्लामा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।कान्छी श्रीमतीले आफूलाई छाडेर जाने गरेको भन्दै श्रीमती चतुरमायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादुर राईले कान्छी श्रीमती ५६ वर्षीया चतुरमायाको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।
बेदप्रसादले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका थिए । उनका दुई जना श्रीमती छन्।उनले फेरि सोही हतियारले आफ्नो घाँटी काटेको प्रहरीले जनाएको छ।
आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।