Logo
२३ आश्विन २०८१, बुधबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर ३ गतेभित्र प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको अल्टिमेटम

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन आज पनि जारी रहेको छ । उक्त आन्दोलनमा बुधबार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए । प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताए ।

प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनले आरोपसमेत लगाए ।

उनले प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको बताए । सर्वोच्च परिसरमा धर्ना दिन जाने कानुन व्यवसायी र प्रहरीबिच कहिबेर धकेलाधकेलसमेत भएको थियो ।उनीहरूले ‘चोलेन्द्र शमशेर राजीनामा दे’, ‘बार एकता जिन्दाबाद’ लगायतका नारा लगाएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले २५ दिनदेखि आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्