Logo
२३ आश्विन २०८१, बुधबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाममा कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाममा खानेपानी तथा ढल व्यवस्थापन आयोजना कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका हुन् ।

पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले १७ जनालाई नियन्त्रणमा लिई अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो ।पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो ।

कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए ।

कुशवाहको कपडा च्यात्नुका साथै उनीहरुले शरीरमा हिलो छ्यापिदिएका थिए ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्