Logo
६ बैशाख २०८१, बिहीबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल क्रिकेट संघले सोध्यो चार राष्ट्रिय खेलाडीलाई स्पष्टिकरण

नेपाल क्रिकेट संघले चार राष्ट्रिय खेलाडीलाई स्पष्टिकरण सोधेको छ । क्यानले राष्ट्रिय टिम ९पुरुष० कप्तान ज्ञानेन्द्र मल्ल र उप–कप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई स्पष्टिकरण सोधेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार ज्ञानेन्द्र, दीपेन्द्रका आतिरिक्त सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि स्पष्टिकरण सोधिएको छ ।

क्यानले प्रदान गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’का विषयमा सञ्चार माध्यममा जथाभावी प्रतिक्रिया दिएको आरोपमा यी चार खेलाडीलाई स्पष्टीकरण सोधिएको क्यानको भनाइ छ ।

‘हामीले चार जना खेलाडीलाई तीन–चार दिनअघि स्पष्टीकरण सोधेका छौँ । हामीले इ–मेलमार्फत स्पष्टीकरण सोधेका हौँ । स्पष्टीकरण पत्र प्राप्त भएको सात दिनभित्र उत्तर लेखेर पठाउनु भनेका छौँ । उहाँहरूको जवाफ आएपछि क्यानले आफ्नो निर्णय सुनाउनेछ,’ क्यानका कार्यवहाक सचिव मल्लले भने ।

क्यानले अप्रिल, २०२१ देखि डिसेम्बर, २०२१ सम्मका लागि गरेको खेलाडी वर्गीकरणमा खेलाडीहरूले चित्त बुझाएका थिएनन् । यसै विषयमा उनीहरूले सार्वजनिक रुपमा टीप्पणी गरेको भन्दै क्यान असन्तुष्ट बनेको हो ।

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्