Logo
१७ मंसिर २०७८, शुक्रबार
(November 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसरी भए यी वृद्ध व्यक्तिका १३ सय सन्तान जान्नुहोस् कारण !

यो संसारमा कति कुरा हामिलाई सुन्दा अनौठो लाग्छ तर यर्थाथ घटना रहेको हुन्छ । मानिसका १५र२० सन्तान भएको त सहजै सुन्य गछौं तर अमेरिकामा एक व्यक्ति १३ सय सन्तानका पिता भएको घटना बाहिर आएको छ ।

उक्त व्यक्ति अमेरिकाका नागरिक हुन् । उनी अहिले बृृद्ध भइसकेका छन् । एक अंग्रेजी वेबसाइटको अनुसार डिएनए टेस्टबाट पत्ता लागेको हो ।

यी बृद्ध हाल ८७ वर्ष भइसकेका छन् ।उनी लगभग १३ सय सन्तानको पिता बनिसकेका छन् ।यति बच्चाको पिता बनेका यी मानिसको बारेमा कसैलाई केही थाहा थिएन् ।

उनले जवानीमा केही महिलाहरुसँग सम्बन्ध पनि बनाएका थिए । कसैले यो कुरा सार्वजनिक गरेका थिएनन् । तर टेनिस नामका एक व्यक्तिले बायोलजिकल पिताको खोजी गरेपछि यी बृद्धका १३ सय बच्चाहरु भएको खुलासा भएको हो ।

टेनिसले पिताको पहिचानको लागि जासुुसको मद्दत पनि लिएका थिए । १५ वर्षमा हजारौ डिएनए नमुना र जाँच पछि उनका पिता ८७ वर्षका बृद्ध भएको पत्ता लागेको थियो ।

१३ सय बच्चाहरुको पिता भएका यी बृद्धको अझै धेरै बच्चाहरु हुनसक्ने एजेन्सीले बताएको छ । यी बृद्ध ६० वर्षसम्म महिलाहरुको संगतमा नै थिए ।

उनलाई यो कुरा बाहिर आएपनि कुनै असर परेको छैन् । उनले उमेरमा सम्बन्ध बनाउने बहानामा जीवनको भरपुर आनन्द लिए । उनले उनको समयमा गर्भ निरोधक औषधिको प्रयोग नहुने बताएका छन् । एजेन्सी

प्रकाशित मिति: Nov 15, 2021

प्रतिक्रिया दिनुहोस्