सर्वोच्चमा आइतबार तोकियो १० इजलास
सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । आज तोकिएका १० ओट इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ति कुनै पनि इजलासमा छैनन् ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आइतबारनेपाल बार एशोसिएशनले घेराउ गरीरहेको छ ।बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने गरी आज पनि सर्वोच्चको मूल ढोकामा धर्ना दिइरहेको छ।
बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ ।सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।