प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा कानून व्यवसायीको धर्ना
प्रधानन्यायाधीशको राजीनामाको माग गदै आज पनि सर्वोच्च अदालतको गेटमा कानून व्यवसायीहरूले धर्ना दिएका छन् । प्रधानन्यायाधीश
चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले कार्यालय समय अगावै गेटमा धर्ना दिन पुगेका हुन् ।
गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।
नेपाल बारको कार्यालयबाट सर्वोच्च छिर्ने गेट भने आज पनि बन्द गरिएको छ । जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् ।