Logo
२८ आश्विन २०८१, सोमबार
(November 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च प्रवेश गर्ने भित्री गेट बन्द, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

सर्वोच्च अदालतको भित्री गेट बन्द गरिएको छ  । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आऊ-जाऊ गर्ने भित्री ढोका बन्द गरिएको हो ।

यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आऊ-जाऊ गर्दै आएका थिए ।सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दङ्गा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् ।भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट-माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ ।

तर सो सडक खण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 12, 2021

प्रतिक्रिया दिनुहोस्