Logo
२७ आश्विन २०८१, आईतबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा छठको अवसरमा गुहेश्वरी-गौरीघाटको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी छठको अवसरमा आज काठमाडौंको गौरीघाटमा अवलोकनको लागि पुगेकी छिन् ।राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी-गौरीघाटको अवलोकनको लागि सहभागी भएकी हुन् ।

भण्डारीले अस्ताउँदो सुर्यलाई पुजा गरी आराधना गरी अघ्र्य पनि दिएकी थिइन् ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सुर्यदेवको आराधना, उपासना र पुजाको यो पर्व सोमबारदेखि सरु भएको हो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।

सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्