Logo
२७ आश्विन २०८१, आईतबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्धिको अभियानमा देखिएको नकारात्मक प्रवृत्तिलाई एकताबद्ध भई परास्त गर्न ओलीको आह्वान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न सबैमा आह्वान गरेका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना दिँदै पूर्वप्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बताएका छन् ।

‘एमालेले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ । सोही सङ्कल्पअनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्यो’, उनले सन्देशमा भनेका छन, ‘हामीले सिङ्गो देशलाई नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौँ । समृद्धिको अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्नसमेत म सबैमा आह्वान गर्दछु ।’

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्