Logo
१३ बैशाख २०८१, बिहीबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कियाले लन्च गर्यो ६ सिटर कार्निभल, यस्ता छन् विशेषता !

भारतीय बजारमा  कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई औपचारीक लन्च गरेको छ । यो नयाँ एमपिभीले यसअिघको ९ सिटर कार्निभललाई बिस्थापन गर्न कम्पनीले बताएको छ ।

नयाँ कार्निभलको तीनवटै रोमा क्याप्टेन चेयर दिइएको छ । जसले कार्निभललाई प्रिमियम र लक्जरियस एमपिभी बनाएको दाबी गरिएको छ ।

यसको मिड स्पेक प्रेस्टिज ट्रिमको मूल्य भारतीय बजारमा २८ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एमपिभीलाई किया मोटर्सले भारतीय बजारका लागि फ्ल्यागसिप मोडलका रुपमा बिकास गरेको हो ।

२.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान गरिएको नयाँ कार्निभलले २०० पिएस पावर र ४४० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । यसमा ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध गराइएको छ ।

यो एमपिभले प्रतिलिटर इन्धन खपतमा १३।९ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।यसको टप ट्रिममा थ्री जोन क्लाइमेट कन्ट्रोल, पावर अपरेटेड रियर डोर, क्रुज कन्ट्रोल, किलेस इन्ट्रि एन्ड गो, कुल्ड ग्लोभ बक्स, भेन्टिलेटेड सिट, एप्पल कार प्ले र एन्ड्रोइड सिस्टम सपोर्ट गर्ने ८ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सेकेन्ड रोमा सवार प्यासेन्जरका लागी १०.१ इन्चको इन्टरटेन्मेन्ट स्क्रिन, यूभिओ कनेक्टेड टेक, ६ वटा एयर ब्याग र कर्नरिङ ब्रेक कन्ट्रोल लगायत अन्य थुप्रै आधुनिक फीचर्स उपलब्ध गराइएको छ ।

भारतीय बजारमा हाल उपलब्ध एमपिभीको तुलनमा एकदमै प्रिमियम र लक्जरियस बिशेषताका कारण यसको कुनै पनि प्रतिस्पिर्धी नदेखिएको कम्पनीले बताएको छ ।

यद्यपी यो एमपिभीले टोयोटा इनोभा क्राइस्टा, टोयोटा फर्चुनर, एमजी ग्लोस्टर र फक्सवागन टिग्वान अलस्पेससंग प्रतिस्पधाए गर्ने देखिएको छ ।नेपाल अटो 

 

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्