Logo
१५ चैत्र २०८०, बिहीबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीतु नेपालले बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’, यस्ता छन् कारण

नेपालका चर्चित हास्यकलाकार जितु नेपालले संचालन गर्दै आएको हास्यव्यंग्य सम्बन्धी टेलिभिजन शो ुमुन्द्रेको कमेडी क्लबु बन्द हुने भएको छ

संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरेका हुन् । मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको हो ।

शो बन्द हुनुमा बाहिर आएको जस्तो फुलन्देका आमा मात्र कारण भने नभएको बुझिएको छ । जितु आफैले फुलन्देको आमा ९उमेश राई० क्लब छाडेर अन्त्यै काम गर्न लाग्नुलाई मुख्य कारण भएको भन्दै अन्य कारणले पनि थप समस्या आइपरेको पत्रकारहरुसँगको कुराकानीमा बताए ।

सुरुको शो पर्यटन बोर्डमा गरेको बताउदै नेपालले कार्यक्रमको सुटिङ गर्ने सेटको अभाव भएको इशारा गरे । जितुले सुटिङ गर्नलाई स्थायी सेट नहुँदा निकै समस्या परेको सुनाए ।

पत्रकारसँगको कुराकानीमा उनले मनोरन्जनात्मक कार्यक्रम भएकोले अतिथिको अभाव भएको समेत गुनासो गरे । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा ९उमेश राई० लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको नेपाल बताउँछन् ।

उनले स्क्रिप्ट लेखन, अतिथि बोलाउने तथा पैसा जुटाउने सबै काम आफैले गर्दै आएका थिए ।

 

 

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्