Logo
२६ आश्विन २०८१, शनिबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको क्षेत्रीय अधिवेशन : सुनसरी क्षेत्र नम्बर ४ मा ऎयुब र २ मा श्यामलाल सबैभन्दा भारी

आउँदो मंसिर ३ गतेदेखि नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका लागि उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तिब्र बनाएका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा ऎयुब अन्सारी र क्षेत्र नम्बर २ को (ख) मा श्यामलाल मेहता बाहेक अन्य उम्मेदवारहरु सिन क्लियर देखिएको छैन ।

अन्सारी र मेहता अत्याधिक मतले जित्ने पक्कापक्की देखिए पनि अन्य उम्मेदवारहरुको चुनावी अवस्थामा खासै कित्ता काट भने देखिदैन ।

यद्यपि ऎयुब अन्सारी विरुद्ध अर्को खेमाबाट जमिल अख्तर अन्सारीको नेतृत्वमा प्यानल उम्मेदवारी समेत परेको छ ।

यता क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा क्षेत्रका सभापतिका लागि लिला सुवेदी र मणिराम श्रेष्ठ चुनावी मैदानमा उत्रेका छन । सुवेदी संस्थापनइत्तर खेमाका उम्मेदवार हुन भने श्रेष्ठ संस्थापन खेमाका उम्मेदवार हुन् ।

त्यस्तै प्रदेश क्षेत्र अन्तरगत २ को (क) मा रमेश पोखरेल, डम्बर बस्नेत र धनबहादुर पुरी गरि तिन जना दावेदार भएपनि कुनै एक उम्मेदवार बनाउन नेता कोइरालालाई चुनौती रहेको छ । यी तिनैजना उम्मेदवार कोइराला टिमकै हुन् ।

त्यस्तै (ख) मा भने श्यामलाल मेहताले उम्मेदवारी दावी गरेका छन् । त्यसैगरी यहीँ पदमा अर्का नेता चिरञ्जीवी बस्नेतले पनि उम्मेदवारी दावी गरेका छन् ।

मेहता विजय गच्छदार समुहका नेता भएपनि कोइराला समुहसँग गठबंधनमा रहेका छन् । पालिका अधिवेशनमा मेहता समुहले कोइराला समुहलाई सघाएकाले उनि मज्बुत देखिएका छन् । उता नेता गच्छदार देउवा खेमामै भएका कारण संस्थापनपक्षको पनि उतिकै समर्थन रहेको छ ।

मेहताले इनरुवाका मेयर राजन मेहताको शैलीमा दुवै पक्षबाट भारी मत पाउने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा पनि उतिकै प्रतिस्पर्धा देखिएको छ । १६ जना निर्वाचित हुने यस पदका लागि लगभग ५० जनाको उम्मेदवारी पर्ने अनुमान गरिएको छ । यो निर्वाचन पनि मंसिर ३ गते नै हुनेछन् ।

देवानगंजका पालिका अध्यक्ष लालीप्रसाद मेहताले पनि प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । उनि देउवा समुहका नेता सिताराम मेहता निकटका हुन् । प्रदेश कार्यसमितिमा पर्ने उद्देश सहित संस्थापन समुहले लालिप्रसाद मेहतालाई उतारिएको नेताहरूको भनाई रहेका छन् ।

त्यसैगरी यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा लगभग १०० बढी उम्मेदवारी पर्ने देखिन्छ । २४ जना निर्वाचित हुने यस क्षेत्रको महाधिवेशन प्रतिनिधिका लागि ५ जना भिआपीहरु नै रहेका छन् । यो निर्वाचन भने मंसिर ६ गते हुनेछन् ।

महाधिवेशन प्रतिनिधिमा पनि निकै नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय स्तरको पत्रकारिताबाट राजनीतिमा आएका देवानगंजका बिरेन्द्रकुमार मेहता (केएम) पनि महाधिवेशन प्रतिनिधि उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् ।

उनि देवानगंज स्थित श्यामलाल टिमका भएता पनि जिल्लाका प्रायः सबै प्रमुख नेतासँग नजिक छन् । केन्द्रमा शेखर कोइरालासँग बढी नजिक रहेका केएम अन्तराष्ट्रियस्तरका स्थापित कुटनैतिक पत्रकार हुन् ।

तत्कालीन मधेशी आन्दोलनमा फोरमसँगै केएम गच्छदारको समुहबाट कांग्रेसमा आएका थिए ।

 

 

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्