Logo
१२ बैशाख २०८१, बुधबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्ने देखायो इच्छा

इन्डोनेसियाले नेपालसँग सिधा फ्लाइट गर्न इच्छा देखाएको छ । केही महिनाअघि मात्र इन्डोनेसियाले दुई देशबीच नियमित उडानका लागि सम्झौता गर्न मागपत्र पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

दुई वर्षअघि नै इन्डोनेसिया सरकारले नेपालसँग सिधा फ्लाइटका लागि सहकार्यको प्रस्ताव पठाए पनि हालैमात्र पुनः अर्को प्रस्ताव पठाएको हो ।

प्रस्ताव अनुसार इन्डोनेसियाको गरुडा एयरलाइन्सले नेपालमा नियमित उडानका लागि इच्छा देखाएको छ ।यद्यपि, सो बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको बताएको छ ।

यस्तै, पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछानेले इन्डोनेसियाको उक्त प्रस्ताव नेपालले सकारात्मक रुपमा लिएको र के कसरी अघि बढ्न सकिन्छ अध्ययन गरिरहेको बताए ।

उडान संख्या, यात्रु तथा गन्तव्यका बारे अहिले मन्त्रालयले अध्ययन गरिरहेको उनले जानकारी दिए । यसका लागि कम्पनीले नेपाल स्थित एजेन्ट समेत नियुक्त गरिसकेको छ । तथापि, कुनैपनि देशमा नियमित उडानका लागि सोही देशको अनुमति चाहिने हुँदा सरकारी स्वामित्वको एयर गरुडाले नेपालसँग सम्झौता चाहेको हो ।

नेपाल-इन्डोनेसिया दुबै पर्यटकीय मुलुकहरु हुन् । यसैले पछिल्लो समय इन्डोनेसियाले पुनः नेपाललाई उडान सहमतिको प्रस्ताव पठाएको छ भने नेपालले ग्रीन सिग्नल दिएको छ ।यी देशबीच सिधा नियमित उडान हुनसके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्