Logo
८ बैशाख २०८१, शनिबार
(November 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदैँ

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिदैँ छन् । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ ।

मुख्यमन्त्री पाण्डेले संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना रहेको छ ।आज विश्वाशको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थन रहेको छ ।

मुख्यमन्त्री पाण्डेलाई बहुमतका लागि कम्तीमा ५५ जना सांसद्को साथ आवश्यक छ । बागमती प्रदेशमा आवद्ध अन्य साना दलका ८ जना सांसद् छन् । प्रदेशसभामा विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २र२ र जसपाको एक जना सांसद् रहेका छन् ।

प्रकाशित मिति: Nov 8, 2021

प्रतिक्रिया दिनुहोस्