Logo
२३ आश्विन २०८१, बुधबार
(November 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलङ्काका राष्ट्रपतिको इच्छा

श्रीलङ्काका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा हिजो (मंगलबार) भएको भेटमा श्रीलङ्काका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सद्भाव रहने बताएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।

भेटवार्तामा दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुई पक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।

स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल-अमेरिकी बिचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।भेटवार्तामा दुई देशबिचको सम्वन्ध बलियो बनाउने देउवा र मोदीले प्रतिवद्धता ब्यक्त गरेका थिए । साथै दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका विषयमा समेत छलफल गरेका थिए ।

प्रकाशित मिति: Nov 3, 2021

प्रतिक्रिया दिनुहोस्