Logo
१५ चैत्र २०८०, बिहीबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा जीवनबहादुर शाहीले गरे मुख्यमन्त्रीका लागि दाबी पेस

कर्णाली प्रदेशमा मुख्यमन्त्रीमा कांग्रेसका कर्णाली प्रदेशको संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

सोही अनुसार शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सोही अनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।

उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रकाशित मिति: Nov 2, 2021

प्रतिक्रिया दिनुहोस्