नेपाली बजारमा भित्रियो यामाहाको आर१५ भी३ बीएस६, यस्तो छ विशेषता !
नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी ३ भित्रिएको छ ।नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सोरुमहरुमा सो मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराइसकेको छ ।
यसमा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ ।
यसको इन्जिनमा सिक्स(स्पीड ट्रान्समिसन उपलब्ध छ । त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।
स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाइकलमा रहेको छ ।यो मोटरसाइकलको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा उपलब्ध बीएस४ आर१५ भी३ को तुलनामा यसको मूल्य ४ हजार रुपैयाँ मात्र बढी छ । यो ग्रे, रेड र रेसिङ ब्लु गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।नेपाल अटो