Logo
११ बैशाख २०८१, मंगलबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कार्तिक २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका छन् ।

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा कार्तिक ११ गते गठबन्धनको तर्फबाट पाण्डे नियुक्त भएका थिए । उनले यही कार्तिक २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको जानकारी दिएको छ ।

मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट आइतबार मात्र पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको पत्रमा १२ गते उल्लेख गरिएको छ तर संसद् सचिवालयमा भने हिजो मात्रा दर्ता भएको अमात्यले बताए ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदबाट निर्णय गराई विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ताका लागि पठाएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताए ।

 

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्