Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबिरल तामाङको ‘लानी धिनी’ गीत सार्वजनिक {हेर्नुहोस् भिडियो}

तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम ‘लानी धिनी’ बजारमा आएको छ । अबिरल तामाङको आफ्नै युटुब च्यानल मिनशेङस प्रोडक्सनबाट उक्त गीत सार्वजानिक गरेका छन ।

अस्ट्रेलियामा रहेर समाजसेवामा सकृय तामाङ यस भिडियोले दर्शक र स्रोताको मन जित्नेमा विश्वस्त छन ।गीतमा उनै समाजसेवी अबिरल तामाङको शब्द, जोगलाल लामाको संगीत र संगीत संयोजन, पहिलो नेपाली तारा सन्तोष लामा र गायिका सिर्जना स्याङ्तानको आवाज रहेको छ ।

दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।म्युजिक भिडियोमा नायक कुमार मोक्तान र नायिका सिता लामाको अभिनय रहेको छ।

उक्त गीतको म्युजिक भिडियोलाई काभ्रे,सिन्धुली लगायतका रमनिय स्थलमा छायांकन गरेका हुन । उक्त म्युजिक भिडियोलाई त्रिलोक लामाले छायांकन, सुर्य लामाले सम्पादन, निर्देशन, कलर, ड्रोन छायांकन गरेका हुन ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्