Logo
७ बैशाख २०८१, शुक्रबार
(October 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाणिज्य बैंकले माग्यो वरिष्ठ प्रबन्धकसहित ८ सय ३५ जना कर्मचारी {विज्ञापनसहित}

राष्ट्रिय बाणिज्य बैंकले बरिष्ठ प्रवन्धकसहित विभिन्न पदमा ८ सय ३५ जनाको आवेदन खुला गरेको छ ।

लोक सेवा आयोगले आज राष्ट्रिय वाणिज्य बैंकका लागि वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ ३५ जनाको आवेदन खुलाएको हो ।
भोलि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ । आगमी मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।

बैंकमा २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल ८सय ३५ जना माग भएको हो ।

आयोगले यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा निकालेको छ। लिखित परीक्षा भने लोक सेवा आयोगले नै सञ्चालन गर्नेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ ।

प्रकाशित मिति: Oct 31, 2021

प्रतिक्रिया दिनुहोस्